शीर्ष अलराउण्डर मार्श आईपीएलबाट बाहिर हुँदा क्यापिटल्सलाई धक्का

IMG-20240423-WA0331.jpg

नयाँ दिल्ली: अष्ट्रेलियाई अलराउण्डर मिचेल मार्श ह्यामस्ट्रिंगको चोटले गर्दा आईपीएल २०२४-बाट बाहिर भएका छन्। दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पण्टिंगले मार्शले आईपीएलका रहल म्याचहरू नखेल्ने बताए। मार्श अहिले अष्ट्रेलियामा दाहिने ह्यामस्ट्रिंगको उपचार गराइरहेका छन्। चोटमुक्त भएपछि उनी भारत नआएर अष्ट्रेलियामै बस्नेछन्। क्रिकेट अष्ट्रेलिया (सीए)-को चिकित्सीय दलबाट परामर्श लिन मार्श १२ अप्रेलमै अष्ट्रेलिया फर्किएका थिए। पण्टिंगले भने, उनी (मार्श) फर्किने सम्भावना छैन। सीए मार्शको उपचार अष्ट्रेलियामै होस् भन्ने चाहन्छ। यसैकारण हामीले उनलाई घर पठाएका थियौं। सीए-का मेडिकल स्टाफहरूले केही हप्तादेखि उनको पुनर्वासमा काम गरिरहेका छन्। मैले मार्शसँग हालै कुराकानी गरेको थिए अनि उनी टी२० वर्ल्ड कपभन्दा अघि चाहिँ फिट हुने लागिरहेको छ। उल्लेखनीय छ, मार्शले टी२० वर्ल्ड कपमा अष्ट्रेलियाई टीमको कप्तानी गर्ने सम्भावना छ। मार्शले आईपीएलको जारी सीजनमा दिल्ली क्यापिटल्सबाट ४ वटा म्याच खेलेर केवल ६१ रन बनाउनको साथै एक विकेट हासिल गरे। उनले २०२३-मा पनि दिल्ली क्यापिटल्सबाट केवल नौवटा म्याच खेलेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement