लौरियस पुरस्कारहरूमा जोकोविच र बोनमती सर्वश्रेष्ठ

IMG-20240423-WA0329.jpg

म्याड्रिड: सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचलाई पाँचौंपल्ट लौरियस वर्ल्ड स्पोर्ट्सपर्सन अव् द इयर (सालका सर्वश्रेष्ठ पुरुष खेलाड़ी) पुरस्कारले सम्मानित गरियो। म्याड्रिडको ग्यालेरिया डी क्रिस्टलमा आयोजित भव्य समारोहमा जोकोविचलाई उनका असाधारण प्रदर्शनको निम्ति यस प्रतिष्ठित पुरस्कारले सम्मानित गरियो। यसरी स्पेनका दिग्गज टेनिस खेलाड़ी रफायल नडाललाई उनको फाउण्डेशनको निम्ति स्पोर्ट्स फर गुड पुरस्कारले सम्मानित गरियो।

विश्वका नम्बरएक खोलाड़ी तथा रेकर्ड 24 पल्टका ग्राण्ड स्ल्याम विजेता जोकोविचले यसअघि २०१२, २०१५, २०१६ र २०१९-मा पनि यस पुरस्कारलाई जितेका थिए। यसरी नै स्पेनको महिला विश्व कप विजेता टीमकी स्टार फूटबलर एताना बोनमतीलाई लौरियस वर्ल्ड स्पोर्टसवूमन अव् द इयर पुरस्कारले सम्मानित गरियो। यसबाहेक स्पेनको महिला फूटबल टीमले सालको सर्वश्रेष्ठ टीमको पुरस्कार जित्यो। पुरस्कार जितेपछि जोकोविचले भने, आफ्नो पाँचौं लौरियस वर्ल्ड स्पोर्ट्सपर्सन अव् द इयर पुरस्कार जितेर अविश्वसनीय रूपले सम्मानित अनुभव गरिरहेको छु। म २०१२ साललाई अहिले पनि याद गर्छु जब केवल २४ सालको उमेरमा मैले यस पुरस्कारलाई पहिलोपल्ट जितेको थिएँ। म १२ सालपछि यहाँ आएर गर्व अनुभव गरिरहेको छु । यसले एउटा यस्तो साललाई दर्शाउँछ, जसले म अनि मेरो प्रशंसकहरूका निम्ति धेरै उत्साह र सफलता ल्यायो। म आफूपछि एउटा अविश्वसनीय टीम र प्रेरणादायक प्रतिद्वन्द्वीहरू बिना यति सफलता हासिल गर्न सक्दिन थिएँ, जसले मलाई सदा आफ्नो सर्वश्रेष्ठ संस्करण बन्न प्रेरित गरे। ईंग्ल्याण्ड र रियल म्याड्रिडका स्टार मीडफिल्डर जूड बेलिंघमले ब्रेकथ्रू अव् द इयर र अमेरिकी महिला जिम्नास्ट सिमोन बाइल्सले सालको सर्वश्रेष्ठ पुनर्गामन (कमब्याक)- को पुरस्कार हासिल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *