अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको फसेलामा अडिग सुनिल नारिन

IMG-20240423-WA0326.jpg

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-का बलिंग अलराउण्डर सुनिल नारिन आईपीएल २०२४-मा आफ्नो सर्वश्रेष्ठ फर्ममा रहने खेलाड़ीहरूमा एकजना बनेर अघि आएका छन्। केकेआर-को तर्फबाट ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शनले गर्दा उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्काउने माग तेज भएको छ अनि धेरैले त आउँदो टी२० वर्ल्ड कपको निम्ति उनी सन्न्यासको फसेला बद्लिएर वेष्ट इण्डिज टीममा फर्किने चर्चा पनि शुरु गरेका छन्। यसबीच नारिनले चाहिँ एउटा बयानमा समस्त अड़कलबाजीहरूमा विराम लगाएका छन्। सोशल मीडियामा जारी एउटा बयानमा नारिनले टी२० वर्ल्ड कपको निम्ति वेष्ट इण्डिज टीममा फर्किने सम्भावनालाई अस्वीकार गर्दै अहिले राष्ट्रिय टीमबाट खेलिरहेका खेलाड़ीहरू नै स्थान पाउने हकदार रहेको बताएका छन्। नारिनले भने, मेरो यो सन्देश तपाईंहरू सबै समक्ष सही तरिकाले पुग्ने आशा गरेको छु। गत केही समयदेखि जारी मेरो प्रदर्शनले धेरै मानिसहरूलाई सार्वजनिक रूपमा सन्न्यासको फसेलाबाट फर्किने अनि आउँदो टी२० वर्ल्ड कपमा खेल्ने इच्छा व्यक्त गर्नको निम्ति प्रेरित गरेको छ। यसको निम्ति म साँच्चै खुशी र आभारी छु। मैले अन्तिम फसेला गरिसकेको छु अनि म कहिले निराश हुन चाहदिनँ। मेरो निम्ति त्यो दैलो (राष्ट्रिय टीमको) बन्द भइसकेको छ अनि म ती खेलाड़ीहरूलाई समर्थन गर्नेछु, जो जूनमा वेष्ट इण्डिजको निम्ति मैदानमा ओर्लिनेछन्। जुन खेलाड़ीहरूले गत केही महिनादेखि कठोर मेहनत गरेको छन्, उनीहरू नै टीममा स्थान पाउने हकदार छन्। यी खेलाड़ीहरू अझ एउटा खिताब जित्ने हकदार छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *