डा. महेन्द्र पी लामाद्वारा केन्द्र सरकार समक्ष छुट्टै राज्यको मांगसहित पाँचवटा मांगहरू प्रस्तुत

IMG-20240423-WA0306.jpg

खरसाङ: डा महेन्द्र पी लामाले दार्जीलिङ संसदीय सिटबाट जितेर गएपछि मन्त्री बन्ने साथै मन्त्री किरण रिजिजुलाई पाँचवटा कुराहरू मुख्य रूपमा काम गर्नुपर्छ भनी सुझाव दिएका छन्। डा महेन्द्र पी लामाले भारतीय जनता पार्टीको खरसाङको मन्टिभियट खेल मैदानमा भएको चुनावी जनसभालाई सम्बोधन गर्दै दार्जिलिङ संसदीय सिटबाट राजु विष्टले जितेर गएपछि छुट्टै राज्य दिनुपर्छ र बाह्रवटा जातहरूलाई जनजातिको मान्यता दिनुपर्छ नत्र यस क्षेत्रलाई नै जनजातिको मान्यता दिनुपर्छ कि चाहिं सबै गोर्खाहरूलाई नै जानजातिको मान्यता दिनुपर्छ भनी मांग गरेका छन्। त्यसरी नै डा महेन्द्र पी लामाले दार्जीलिङ पहाड़लाई उत्तर पूर्वाञ्चल क्षेत्रमा गाँभिनुपर्छ भनी बताएका छन्। उनले दुईजना मन्त्रीहरू भएपछि केन्द्रीय ठूल्ठूला संस्थाहरू पहाड़मा ल्याउनुपर्छ। त्यसको साथै पहाड़को चियाबारीहरू उन्नति गराउन हजार करोड़को आर्थिक सहयोग दिनुपर्छ भनी मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement