खरसाङको वार्ड नम्बर २ मा सर सफाई कार्य साथै बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

IMG-20220806-WA0116.jpg

खरसाङ: खरसाङको २८ नम्बर खरसाङ देवराली समष्टि अध्यक्षा सुष्मा मुखियाकाे पहलमा खरसाङको वार्ड नम्बर २ काे विभिन्न क्षेत्रमा सर सफाई अनि ब्लिचिङ पाउडर छर्ने कार्य सम्पन्न भएको छ। यस कार्यको तेस्रो दिन डाउहिलको सार्वजनिक भवन सुनौलो परिवारमा बस अनि चित्र बनाऊ प्रतियोगिता गैरसरकारी संस्था ए बेटर लाईफकाे सहयोगमा सम्पन्न गरिएको छ। यसको साथै खरसाङका कराँते खेलाडीहरु जसले ३० अनि ३१ जुलाई कलकोताकाे नेताजी ईण्डोर स्टेडियममा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदकहरु हाँसिल गर्ने खेलाडीहरुलाई सम्बर्द्धना जनाइएको छ।

उक्त कार्यबारे जानकारी गराउँदै सुष्मा मुखियाले आफ्नो निजी कोषद्वारा ब्लिचिङ पाउडर किनेर वार्डकाे सचेत नारीहरु, युवा र अभिभावकहरुद्वारा वार्ड नम्बर २ काे विभिन्न क्षेत्रहरू डाउहिल बिल्डिङ्ग क्षेत्र, टेकबीर बस्ती, ल्याम्प पोस्ट क्षेत्र अनि वार्डकाे कुनाकाप्चीमा सफाई कार्य साथै ब्लिचिङ पाउडर छर्ने कार्यक्रम सम्पन्न गरिएको बताएकी छन्। उनले यस कार्यमा सहयोग गर्ने सबै नारी शक्तिका पदाधिकारीगणप्रति आभार प्रक्ट गरेकी छन्।

बस अनि चित्र बनाऊ प्रतियोगिता छ वर्षदेखि ८ वर्षसम्मका नानीहरूके लागि अनि ९ देखि १४ वर्षसम्मकाे नानीहरूलाई लिएर भएको सम्पन्न भएको थियो। यसमा प्रथम दोस्रो अनि तेस्रो स्थान पाउने नानीहरूलाई स्मृति चिन्ह र प्रमाणपत्र र सहभागिता जनाउने नानीहरू सबैलाई प्रमाण पत्र २८ नम्बर खरसाङ देवराली समष्टिकाे सभासद श्याम शेर्पाको बहुली बाट वितरण गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *