खरसाङ: म त प्रार्थी होइन सिधैं सांसद हो। सबै नेताहरू यहाँ छन्। सबै जनता यहाँ छन् र अब सांसद पक्का हो भनी भारतीय जनता पार्टीको लागि दार्जीलिङ संसदीय सिटको प्रार्थी राजु विष्टले खरसाङको जनसभालाई सम्बोधन गर्दै बताएका छन्। उनले भने, म डेढ करोड़ जनताको सांसद हुँ। अब डेढ करोड़ जनताले न्याय पाउनेछ। म डेढ करोड जनताको चौकीदार हुँ। मेरो र तपाईको, हाम्रो रगत एउटै छ र मिल्छ तर ममता बोजुको रगत कालो छ र मिल्दैन।’
जनसभालाई सम्बोधन गर्दै राजु विष्टले अघि भने, हिजो मात्रै बंगालमा २४ हजार नियुक्ति रद्द गरिएको छ। तर त्यो भ्रष्ट सिस्टम बनाउने सरकार र नेताहरू पहिला रध्द हुनुपर्छ। पहाड़मा पनि सीबीआई आउँदैछ र फर्जी नेताहरू र जीटीए पहिला रध्द हुनुपर्छ।’
विष्टले खरसाङमा केन्द्रले दिएको फण्डबाट बनिन्दै गरेको पार्किङ बनाउने पैसा अनित थापाले खायो भनी आरोप लगाउँदै त्यसको जाँच हुन्छ भनी बताएका छन्। उनले खरसाङमा सबैभन्दा ठूलो भ्रष्टचार नगरपालिकामा भएको छ र त्यसको पनि जाँच हुनेछ भनी बताए। राजु विष्टले खरसाङमा आईटी पार्क बनिने कुरामा बोल्दै मलाई नसोधी कुनै कम्पनी आउँछ भने म पहाड़ चढ्नु दिने छुइन भनी बताएका छन्। उनले 4 जूनपछि खरसाङमा नरिवल बिक्री नहुने र बिक्रीमा नराख्नु भनी निर्देश समेत दिएका छन्। उनले चालकहरूको न्यायको लागि काम गरिदिने आश्वासन दिएका छन्। राजु विष्टले भने, भारत सरकारले यसपाली ३ करोड़ घर बनाउनेछन् र त्यसमा हरेक जिल्लामा घर बनिनेछ र त्यसमा टिस्टा बाढ़ पिढीतहरूका लागि ५०० वटा घरहरू बनाईदिने मेरोबाट वचन दिदँछु। ४ जूनपछि बंगालमा भाजपाको सरकार बनिनेछ।