नोकरी गुमाएकाहरुद्वारा आन्दोलन गर्ने घोषणा

IMG-20240423-WA0286

जलपाईगढी: शिक्षक नियुक्ति घोटालाको मामलामा हिजो उच्च अदालतको फैसला पछि करिब २६ हजारले नोकरी गुमाएका छन्। अदालतको फैसलाले २०१६ को सम्पूर्ण प्यानल रद्द गरेको छ। ती शिक्षकहरूले आफ्नो लडाइँ लड्ने निर्णय गरेका छन्। जलपाईगढी जिल्लामा नोकरी गुमाउनेहरू मध्ये करिब एक हजार योग्य व्यक्तिहरू रहेको भन्ने समाचार अघि आएको छ। नोकरी गुमाएकाहरू मंगलबार दिउँसो जलपाईगढी राजबाडी दिघीमा भेला भए। त्यसपछि उनीहरूले भविष्यमा कानुनी लडाइँ कसरी लड्ने भन्ने निर्णय गरे। नोकरी गुमाएका महादेव रायलगायत अन्यले राज्य सरकारकै कारण आफ्नो नोकरी गुमाएको बताए। राज्य सरकारले साथ रहेको बताए पनि उनीहरू विश्वास गर्न तयार छैनन्l यससकारण उनीहरू आफ्नै लडाइँ आफै लड्ने दाबी गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement