हनुमान जयन्तीक दिन टिस्टा भेल्ली चियाबारीमा हनुमानजीको मूर्तीको विधिवत् उद्घाटन

IMG-20240423-WA0279.jpg

टिस्टा भेल्ली: हनुमान जयन्तीको पवन अवसरमा आज टिस्टा भेल्ली चियाबारीमा हनुमानजीको मूर्तीको विधिवत् रूपमा उद्घाटन गरियो। टिस्टा भेल्लीको एक प्रमुख पर्यटन स्थलको रूपमा रहेको शहीद पार्क परिसरमा आज ६ फिट ऊँचाई भएको पवन पुत्र बजरंगबली हनुमानको मूर्ति हिन्दु धर्म अनुसार पण्डितद्वारा मन्त्रोच्चारणको साथमा प्रमुख अतिथि रंगली रंगली ब्लक तकदाहका चेयरम्यान सुरज छेत्री, भाइस चेयरम्यान ललित राई, पञ्चायत प्रधान एसबी सुब्बा, चिया कमानका प्रमुख प्रबन्धक अभिषेक देव, प्रबन्धक बीरेन्द्र अब्जस, कर्म अध्यक्ष मेन्डुप तामाङ, पञ्चायत सदस्य साजन दर्नाल, रिवाज तामाङ आदिको बाहुलीबाट संयुक्त रूपमा उद्घाटन गरियो। सागर राईले सञ्चालन गरेको आजको कार्यक्रमलाई सम्बोधन गर्दै कर्म अध्यक्ष मेन्डुप तामाङले बताए अनुसार, टिस्टा भेल्ली चियाबारी पर्यटनको क्षेत्रमा एक मनोरम स्थल हो। यहाँको विभिन्न ठाउँ पर्यटकहरूका लागि खुबै मनमोहक र अति सुन्दर छन् तर यहाँ कतिपय असुविधाको कारणले गर्दा पर्यटनलाई राम्ररी भित्र्याउन सकेको छैनौ। आज निर्माण गरिएको ६ फिटको हनुमानजीको मूर्तीले पनि यहाँ घुम्न आउने सबै पर्यटकहरूलाई आकर्षक पार्नेछ भन्ने कुरामा विश्वस्त रहेको तिनले बताए।

यस कार्यको लागि विशेष गरेर सहयोग पुऱ्याउने जीटीए चेयरम्यान अनित थापा लगायत क्षेत्रीय सभासद डेन्डुप तामाङ, चियाबारीका प्रवन्धक अभिषेक देवलाई कर्म अध्यक्ष मेन्डुप तामाङले धन्यवाद दिएका छन्। यसको साथै उक्त हनुमानजीको मूर्ती स्थापना गर्नमा प्रत्यक्ष- अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई तिनले धन्यवाद दिएका छन्। आज हनुमानजीको मूर्तीको उद्घाटन कार्यक्रममा विविध धार्मिक रंगारंग नृत्य तथा अन्य रोचक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा धेरै संख्यामा स्थानीय मानिसहरू लगायत हनुमानजीका भक्तहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *