खरसाङ: खरसाङ नगरपालिकाको पूर्व पार्षद पार्षदिकाहरूले यसपालीको लोकसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित प्रार्थी गोपाल लामालाई जिताउन समर्थन गरेका छन्। विगत २०१७ देखि २०२२ सम्मका नगर पार्षदहरू र पार्षदिकाहरूले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्णयलाई सही बताउँदै लोकसभा चुनावमा गोपाल लामालाई जिताउन सहयोग गर्ने भएका छन्। आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा २०१७ देखि २०२२ सम्म कार्यकाल भएका खरसाङ नगरपालिकाको पूर्व नगर पार्षदहरू र पार्षदिकाहरूको सभा सम्पन्न भएको छ। उक्त सभामा नै खरसाङ नगरपालिकाको सबै पूर्व नगर पार्षदहरू र पार्षदिकाहरूले भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन सहयोग गर्ने निर्णय गरेका छन्। जसमा खरसाङ नगरपालिकाको वर्तमान बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान र भाइस चेयरम्यान लगायत पूर्व नगर पार्षद एंव वर्तमान सभासद श्याम शेर्पा लगाएर जम्मा १७ जनाले यसपालीको लोकसभा चुनावमा भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन सहयोग गर्ने भएका छन्। उक्त पूर्व नगर पार्षदहरू र पार्षदिकाहरूको टोलीमा वार्ड नम्बर 4 का पूर्व नगर पार्षदिका सन्ध्या लेप्चा, वार्ड नम्बर ५ की पूर्व पार्षदिका मोती मोक्तान, वार्ड नम्बर 6 का पूर्व नगर पार्षद राजु सुन्दास, वार्ड नम्बर ७ को पूर्व पार्षद एंव वर्तमान सभासद श्याम शेर्पा, वार्ड नम्बर १० की पूर्व नगर पार्षदिका डोल्मा जिम्बा, वार्ड नम्बर १३ की पूर्व नगर पार्षदिका अमिता लामा, वार्ड नम्बर १४ के पूर्व पार्षद रबीन तामाङ, वार्ड नम्बर १५ को पूर्व वार्ड पार्षद सन्तोष पटवारी, वार्ड नम्बर १६ को पूर्व नगर पार्षदिका शिला थापा, वार्ड नम्बर १७ पूर्व नगर पार्षद मोहन राई, वार्ड नम्बर 18 को पूर्व नगर पार्षद शिव नेगी र वार्ड नम्बर १९ की पूर्व वार्ड पार्षदिका देवकी प्रधान सुब्बा साथै वर्तमान खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान र भाइस चेयरम्यान पनि रहेको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पूर्व नगर पार्षदिका देवकी प्रधान सुब्बाले यसपालीको लोकसभा चुनावमा हामी खरसाङ नगरपालिकाको सबै पूर्व नगर पार्षदहरूले भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले दिएको प्रार्थी गोपाल लामालाई समर्थन गरेर जिताउने निर्णय लिएको बताएकी छन्। उनले यसै विषयमा आज हामीले सभा गरेर अनित थापालाई उनको कर्मलाई हेरेर यो निर्णय लिएको जानकारी गराइन्। उनले यसबारेमा भनिन् – भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले हामीलाई हरेक कुरामा सहयोग गर्नु हुन्छ अनि खरसाङ नगरपालिकाको हरेक वार्डमा विभिन्न विकासका कार्यहरू भईरहेको र नगरपालिकाले गर्न नसकेको जीटीएमार्फत् कार्य गरिदिएको साथै पहाड़को विकासको लागि, उन्नतिको लागि, शान्ति स्थापनाको लागि साथै पहाड़को शान्ति र समृध्दिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले दिएको योग्य प्रार्थीलाई नै हामीले जिताउन सहयोग गर्ने निर्णय लिएको जानकारी गराइन्। देवकी प्रधान सुब्बाले भनिन् -‘अनित थापाले हरेक क्षेत्रमा काम गरिरहेका छन्। उनले चुन्नु भएको प्रार्थी पनि एकदमै योग्य प्रार्थी रहेको छ र नै हामी सबै मिलेर जिताउन अघि आएका छौं। अनित थापाको कर्मलाई देखेर हामीले २०२४ को लोकसभा चुनावमा भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन समर्थन गरेका छौं।’

त्यसरी नै पूर्व नगर पार्षद सन्तोष पटवारीले गोपाल लामा हाम्रो पारिवारिक सम्बन्धको मान्छे हुन् र नजिकको व्यक्ति हुन जसलाई हामी कुनै पनि समय भेट्न सक्छौं र नै उनलाई जिताउन हामी अघि आएको बताएका छन्।