यसै महिना कक्षा १० को परिणाम आउने सम्भावना

Student-2

कोलकाता: माध्यमिकको परिणाम मईको पहिलो हप्तामा प्रकाशित हुनसक्छ। सञ्चारमाध्यमको समाचारअनुसार, यो जानकारी पश्चिम बंगाल माध्यमिक शिक्षा परिषदले दिएको हो। सोमबार राति परिषदका अध्यक्ष रामानुज गांगुलीले जेठको पहिलो साता नतिजा सार्वजनिक गर्न सकिने बताए। लोकसभा चुनावको परिणाम घोषणा हुनुअघि नै परिषदले परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो। तर, उच्च माध्यमिक तहको परिणाम मईको मध्यमा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ भने लोकसभा चुनावका कारण १ मार्चदेखि २३ मार्चसम्म बोर्ड परीक्षा भएको थियो। जहाँ १०औं परीक्षा २ मार्चमा शुरु भएर २१ मार्चमा सकिएको थियो। जबकि १२ को परीक्षा १ मार्चदेखि २३ मार्चसम्म चलेको थियो। यसपटक लोकसभा चुनावका कारण बोर्ड परीक्षा चाँडै सकियो। बोर्ड परीक्षा चाँडै सकिँदै गएकाले १६ अप्रेलसम्म मूल्यांकन पनि सकिएको छ। यसपटक कक्षा १० को परीक्षामा ३ लाख ४५ हजार विद्यार्थीले नाम दर्ता गरेका छन्। त्यसैगरी कक्षा १२ मा २ लाख ५५ हजार विद्यार्थी दर्ता भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *