सलमान खानको घर बाहिर गोला चलाउँदा प्रयोग गरिएको हतियार बरामद

Salman-Khan-4

मुम्बई: मुम्बई पुलिसले बलिउडका नायक सलमान खानको घर बाहिर गोली चलाउँदा प्रयोग गरिएको हतियार बरामद गरेको छ। गुजरातको तापी नदीबाट खोजी अभियानका क्रममा दुईवटा पेस्तोल, म्यागजिन र गोली बरामद भएको छ। एक अधिकारीले मंगलबार सो जानकारी दिएका हुन्। ‘इनकाउन्टर स्पेशलिस्ट’ वरिष्ठ पुलिस अधिकारी दया नायकसहित १२ अधिकारीको टोली घटनास्थलमा छानबिन गरिरहेको छ। पक्राउ परेका दुई अभियुक्त विक्की गुप्ता (२४) र सागर पाल (२१) रहेका छन्। गत १४ अप्रेलमा मुम्बईको बान्द्रा इलाकामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा रहेको ५८ वर्षीय खानको घर बाहिर अभियुक्तले गोली चलाएको र त्यसपछि मोटरसाइकलमा भागेका थिए। प्राविधिक निगरानीको आधारमा उनलाई १६ अप्रेलमा मुम्बई र कच्छ पुलिसको संयुक्त टोलीले गुजरातको भुज शहर नजिकै माता नो मधको मन्दिर परिसरबाट पक्राउ गरेको समाचार छ। त्यसपछि थप अनुसन्धानका लागि उनलाई मुम्बई पुलिसको जिम्मा लगाइएको छ। स्रोतका अनुसार उनीहरु दुवैले सोधपुछका क्रममा पुलिसलाई भनेका थिए कि गोली हानाहान पछि मुम्बईबाट सडकबाट सुरत पुगेर रेलमा भुजतर्फ दौडदै गर्दा उनीहरुले रेलवे पुलबाट तापी नदीमा फ्याँकेका थिए। सलमान खानको घर बाहिर गोली चलाउने दुईको मुख्य उद्देश्य ‘आतंक’ सिर्जना गर्नु रहेको पुलिसको भनाइ छ। मुम्बई पुलिसले घटनाको सम्बन्धमा जेलमा रहेका ग्याङ्गस्टर लरेन्स बिश्नोई र उनका भाई अनमोल बिश्नोईलाई ‘वान्टेड आरोपी’ घोषित गरेको छ। गुप्ता र पाललाई कथित रूपमा दुई बिश्नोई भाईहरूबाट निर्देशन प्राप्त भएको पुलिसले जनाएको छ। लरेन्स बिश्नोई अर्को मुद्दामा गुजरातको साबरमती सेन्ट्रल जेलमा थुनिएका छन्, तर उनका भाइ क्यानडा वा अमेरिकामा रहेको विश्वास गरिएको छ, एक अधिकारीले पहिला भनेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *