सिलगढी: लोकसभा चुनावको दोस्रो चरण अघि सिलगढी महाकमा परिषदको घोषपुकुर क्षेत्रमा रहेको भाजपा पञ्चायत सदस्यको कारबाट १.५ लाख रुपियाँ बरामद भएको छ। वैध कागजातबिना ठूलो परिमाणमा रकम ओसारपसार भइरहेको निर्वाचन आयोगले जनाएको छ। भोटका लागि पैसा बाँडिएको खबर पाएलगत्तै पञ्चायत सदस्यको गाडीको खोजी शुरु गरी डेढ लाख रुपियाँ बरामद भयो। निर्वाचन आयोगले उक्त रकम बरामद गरी अनुसन्धान थालेको छ।
About Author
Post Views: 24