इण्टर अफिस महकुमा स्तरीय फूटबलः बीडीओ कार्यालय फाइनलमा

IMG_20220806_173923.jpg

६ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो सेमिफाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी सेभेन ए साइड टुर्नामेण्टमा आज बीडीओ कार्यालयले अल इण्डिया रेडियो, खरसाङलाई ६-२-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म त अल इण्डिया रेडियो २-१-ले अघि रहेको थियो तर दोस्रो हाफमा एसडीओ कार्यकालले ५ गोल थपेर जीत हासिल गऱ्यो। अब आइतवार हुने फाइनलमा बीडीओ अफिस र एयर फोर्स बाघोराबीच भिड़न्त हुनेछ। आजको म्याचमा मुख्य रेफरी राजु छेत्री थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा अरविन्द छेत्री र अभिषेक ठटाल थिए। यसरी नै सुरेन राई फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement