खरसाङमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको समर्थनमा जनसभा सम्पन्न

IMG-20240423-WA0220.jpg

खरसाङ: दार्जिलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको समर्थनमा खरसाङको मन्टिभियट खेल मैदानमा भारतीय जनता पार्टीको आयोजनामा चुनावी जनसभा सम्पन्न भएको छ। उक्त चुनावी जनसभा क्रामाकपाको नेतृत्व एंव पूर्व सांसद आरबी राईको अध्यक्षता र केन्द्रीय भू विज्ञान मन्त्री किरण रिजिजुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त जनसभामा स्वागत सम्भाषण भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले राखेका थिए भने जनसभालाई गोरानिमो अध्यक्ष दावा पाख्रिन, क्रामाकपाबाट जेबी राई, गोरामुमोबाट निमा लामा, दार्जिलिङका भाजपा विधायक निरज जिम्बा, गोजमुमो अध्यक्ष बिमल गुरुङ, प्रदीप प्रधान, डा. महेन्द्र पी लामा, भारतीय जनता पार्टीको प्रार्थी राजु विष्ट र केन्द्रीय मन्त्री किरण रिजिजु आदिले वक्तव्य राखेका थिए।

वक्ताहरूले भाजपा सांसद राजु विष्टलाई यसपाली पनि दार्जीलिङ संसदीय सिटबाट प्रचुर मात्रामा भोट दिएर जिताउने आह्वान् गरेका छन्। खरसाङको मन्टिभियट खेल मैदानमा भएको चुनावी जनसभामा भारतीय जनता पार्टी र यसको गठबन्धन दलहरू क्रमैले गोजमुमो, गोरामुमो, क्रामाकपा, गोरानिमो, सुमेटु मोर्चा आदिका पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त चुनावी जनसभामा सम्बोधन गर्न आएका केन्द्रीय मन्त्री किरण रिजिजुलाई भाजपा र गठबन्धन दलहरूका समर्थकहरूले भव्य स्वागत जनाएका थिए।

उक्त चुनावी जनसभापछि पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रीय भू विज्ञान मन्त्री किरण रिजिजुले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कुनै नियम कानुन नमान्ने तर भष्टचारमा लिप्त रहेको आरोप लगाएका छन्। उनले यसपाली कंग्रेसले इतिहासमा सबैभन्दा कम्ती लोकसभा सिट जित्ने र यसपाली केवल ४० वटा सिटहरूभन्दा कम सिट जित्ने साथै यसपाली रेकर्ड सिटहरूका साथमा नरेन्द्र मोदीको सरकार बनिने रनिश्चित बनेको बताएका छन्।

त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै भाजपा प्रार्थी राजु विष्टले कंग्रेसले बंगालमा खाता पनि खेल्न नसक्ने तर पूरा बंगाल मोदीमय बनेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *