बाउल गीत मार्फत सिलगढीमा मतदातालाई सचेतनाको सन्देश दिए कलाकार स्वपन दत्तले

photocollage_2024423155747491.jpg

सिलगढी: लोकसभा चुनावको दोस्रो चरण २६ अप्रिलमा हुँदैछ। राष्ट्रपति पुरस्कार विजेता बाउल कलाकार स्वपन दत्त शान्तिपूर्ण मतदानका लागि मतदातालाई सचेतनाको सन्देश दिन सिलगढी पुगेका छन्। स्वपन दत्त पूर्वी बर्दवानका बासिन्दा हुन्। उनीहरूले शान्तिपूर्ण मतदानका लागि जिल्लामा जनचेतनाको सन्देश दिइरहेका छन्। दोस्रो चरणमा दार्जिलिङ र अन्य लोकसभा निर्वाचन क्षेत्रहरूमा चुनाव हुँदैछ।मतदाताहरूले शान्तिपूर्ण रूपमा मतदान गर्न सकून् भनेर स्वपन दत्त जागरूकताको सन्देश लिएर सिलगढीको सडकमा उत्रिएका छन्। आज स्वपन दत्तले सडकमा बाउल गीत मार्फत जनचेतनाको सन्देश दिएका छन्। उनको भनाइ हरेक भोट अमूल्य छ। आ-आफ्नो मत हाल्नुहोस्। भोट खेर नफालौ। उनी घर–घर र सडकमा गएर भोटको महत्व बुझाउने काम गरिरहेका छन्। उनले आफ्नो पहलमा विभिन्न लोकसभा निर्वाचन क्षेत्रमा यो काम गरिरहेका छन् ।शान्तिपूर्ण मतदानका लागि सचेतना सन्देश दिन जिल्लाको भ्रमण गरिरहेको कलाकार स्वपन दत्तले बताए। मतदाताबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छु। मतदाताहरु बिहान सबेरै गएर शान्तिपूर्ण रुपमा मतदान गरौँ भन्ने सन्देश दिएको छु। विभिन्न स्थानमा मतदानमा धाँधली र अराजकताको गुनासो आएको छ। जसका कारण धेरैले भोट हाल्न छोडेका छन्। कलाकारको यो अनौठो पहल उनीहरुमा भोटिङप्रति चासो जगाउने हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement