पेशादार सर्किटबाट सन्न्यास लिए स्क्वाश खेलाड़ी सौरभ घोषालले

IMG-20240423-WA0204.jpg

नयाँ दिल्ली: भारतका सबैभन्दा सफल पुरुष स्क्वाश खैलाड़ी सौरभ घोषालले पेशादार सर्किटबाट सन्न्यासको घोषणा गरेका छन् तर आउँदो केही समयसम्म बहु-खेल आयोजनहरूमा भारतको प्रतिनिधित्व गर्न चाहिँ जारी राख्नेछन्। पेशादार सर्किटमा २२ सालसम्म खेल्ने ३७ वर्षीय घोषालले इञ्चियोन र हांगझोऊ एशियन गेम्सको टीम स्पर्धाहरूमा २ वटा स्वर्ण पदक जितेका थिए। यसको साथमा उनले कमनवेल्थ गेम्समा पनि तीनवटा पदक जितेका छन्। उनले ग्लास्गो २०२२ वर्ल्ड डबल्स च्याम्पियनशीपको मिक्स्ड डबल्स स्पर्धामा स्वर्ण पदक जितेका थिए। घोषालले इन्स्टाग्राममा एउटा पोस्टको माध्यमले सन्न्यासको घोषणा गरेका छन्। उनले लेखेका छन्, मैले २२ साल अघि (पीएसए वर्ल्ड टूर) यात्रा शुरु गरेको थिएँ। त्यस समय मैले सपनामा पनि यति लामो समयसम्म पेशादार स्क्वाश खेल्नेछु भन्ने सोचेको थिइन। यस खेलको माध्यमले मैले विश्वभरि यात्रा गरेर केही ठूलो मञ्चमा खेल्ने मौका पाए। त्यस समय मलाई यो क्रम कहिले समाप्त नहुने लागेको थियो तर हरेक कुराको अन्त हुन्छ। यो पोस्ट लेख्दा म भावुक छु। यो खेल यतिका सालहरूदेखि मेरो पागलपन, मेरो आजीविका र मेरो पहिचान रहेको छ। यसैकारण गर्व र दुःखको मिश्रित भावनाको साथ म पीएसए-बाट सन्न्यासको घोषणा गर्दैछु। उल्लेखनीय छ, काेलकत्तामा जन्मिएका घोषाल विश्वका शीर्ष १० खेलाड़ीहरूमा सामेल हुने एकमात्र भारतीय हुन्। उनले अप्रेल २०१९-मा करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग हासिल गरेका थिए अनि ६ महिनासम्म त्यसलाई कायम राखेका थिए। घोषालले २००३-मा पीएसए टूरमा पदार्पण गरेपछि १८ वटा फाइनलमा पुगेर १० पल्ट खिताब जिते। उनले पीएसए टूरमा आफ्नो ५११ वटा म्याचमा २८१ वटा जिते। घोषालको नाममा १३ पल्ट राष्ट्रिय खिताब जित्ने रेकर्ड पनि रहेको छ। उनले अन्तिमपल्ट २०२०-मा यस खिताबलाई जितेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *