जलपाईगढी: उत्तर बंगाल र दक्षिण बंगालको मौसम उस्तै छैन। त्यसैले विद्यालयमा पठनपाठनलाई निरन्तरता दिन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। निखिल बंगा प्राथमिक शिक्षक संघले जलपाईगढी डीपीएससी अध्यक्ष र सचिवलाई ज्ञापनपत्र बुझायो। राज्यमा जारी गर्मीका कारण २२ अप्रेलदेखि प्राथमिक विद्यालय बन्द गरिएको छ। संगठनका अनुसार उत्तर बंगालका जिल्लाहरूमा गर्मीको तीब्रता दक्षिण बंगालमा जत्तिकै छैन, त्यसैले जलपाईगढी जिल्लालाई दक्षिण बंगालसँग तुलना गर्नु हुँदैन, उत्तर बंगालमा सरकारी विद्यालय बन्द भए पनि निजी विद्यालयहरू खोल्नु पर्छ भन्ने भनाइ राखेको छ। ‘यस्तो अवस्थामा बालबालिकाको सामान्य शिक्षा कायम राख्न विद्यालय सञ्चालन गर्न आवश्यक छ, वर्तमान अवस्थालाई ध्यानमा राख्दै गर्मी बिदा खारेज गरि उत्तर बंगालमा विद्यालय सञ्चालन गर्न दिनुपर्छ’, भन्ने सुझाव ज्ञापनपत्रमा राखिएको छ।









