सिलगढीमा करिब १०० शिक्षकको गयो नोकरी, शुरु गरे विरोध प्रदर्शन

IMG-20240423-WA0191

सिलगढी: कलकत्ता उच्च अदालतको आदेशपछि बेरोजगार बन्न लागेका एसएससी शिक्षकहरूले विरोध प्रदर्शन शुरु गरेका छन्। मंगलबार आफ्नो नोकरी गुमाएका शिक्षकहरूले सिलगढीको बागाजतिन पार्क मैदानमा भेला भएर विरोध प्रदर्शन शुरु गरे। सिलगढीमा करिब एक सय उम्मेदवारले नोकरी गुमाउनु पर्ने भएको छ। उनीहरू सबै आज यो विरोध प्रदर्शनमा सामेल भएका छन्। उनीहरूले अदालतले अयोग्य व्यक्ति छनोट गरी बर्खास्त गर्नुपर्ने माग गरेका छन्,  तर यो निर्णयले मेरिटका आधारमा नोकरी पाएकाको पनि नोकरी गुमेको छl त्यसैले अदालतले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्छ भन्ने उनीहरूले माग राखेका छन्। ‘अदालतले योग्य उम्मेदवारहरूको बारेमा सोच्नुपर्छ’, भन्ने उनीहरूको भनाइ छl  कोलकाता उच्च अदालतले शिक्षक भर्ती घोटालाअन्तर्गत २०१६ मा गरिएको भर्ती रद्द गरेको छ। उच्च अदालतले आफ्नो आदेशमा २०१६ मा एसएससीअन्तर्गत भएका प्रत्येक भर्ना अवैध भएको भन्दै तत्काल प्रभावबाट खारेज गर्नुपर्ने स्पष्ट पारेको छ। उच्च अदालतको यो आदेशपछि २५ हजार ७ सय ५७ शिक्षकले नोकरी गुमाएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले उच्च अदालतको यो निर्णयलाई अवैध भन्दै आफ्नो सरकारले उक्त निर्णयलाई चुनौती दिने बताएकी छिन्। उत्तर बंगालको रायगञ्जमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उनले भाजपाका नेताहरूलाई केही न्यायिक निर्णयहरू प्रभावित गरेको आरोप पनि लगाइन्। उनले सबै नियुक्ति खारेज गर्ने अदालतको निर्णय अवैधानिक भएको बताएकी छिन्l उनले भनिन्, ‘नोकरी गुमाएकाहरुको साथमा छौं। हामी सुनिश्चित गर्नेछौं, तपाईंले न्याय पाउनुहुनेछ र आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिनेछौं।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *