मेचीपुलबाट ४३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

IMG-20240423-WA0004

झापा (नेपाल): पूर्वीनेपालको झापामा फेरि ठूलो परिमाणमा लागूऔषधसहित एक जना कारोबारी पक्राउ परेका छन्। पूर्वी नाका काँकरभिट्टास्थित मेची पुलबाट ४३ ग्राम ब्राउनसुगर बरामद भएको हो। सोमबार साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा नेपाल  पुलिस र सशस्त्र पुलिसको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सशस्त्र पुलिसद्वारा परिचालन गरिएको तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङ पक्राउ परेका हुन्। शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको थियो। उनलाई आवश्यक कारबाहीको लागि इलाका पुलिस कार्यालय काँकरभिट्टामा राखिएको छ। हालसम्म तालिमप्राप्त कुकुरबाट ११ पटकमा १०५.०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाइएको छ। आइतबारमात्र झापाकै अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा कनकाई ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरीलाई ४० ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *