जलपाईगढी: अहिलेदेशभर लोकतन्त्रको पर्व चलिरहेको छ भने राजनीति पनि बेग्ला बेग्लै स्तरमा गर्मिएको छl कहीं विकास भएको कहीं विकास नभएको कहीं अधिकार र सुविधाहरूबाट वन्चित भएको मुद्दाहरूलाई लिएर राजनीतिको चलखेल चलिरहेको छl कहीं खानेपानीलाई लिएर पनि राजनीति शुरु भएको छ। जलपाईगढी जिल्लाको एउटा ठाउँमा खानेपानीले पनि राजनीति गर्मिएको छl
माकपा र भाजपामा संलग्न रहेकाहरूले चर्को गर्मीमा पिउने पानी पाउन संघर्ष गर्नुपरेको समाचार अघि आएको छ। क्षेत्रमा उनीहरूको घर अगाडि पानीको गाडी नरोकिएको आरोप छ। यस्तै एउटा गुनासो जलपाईगढी जिल्लाको ज्योति आश्रम इलाकाको मंगलबाडी बस्तीमा बस्ने ज्योति आश्रम पाडाको लाइन नम्बर १९ का एक बासिन्दाले गरेका छन्l जब दुखीराम महलीको शिकायतको जाँच गर्नका लागि केही अघि बढेको थियो, मालोदास पाडा नामक एक अन्य ठाउँका मानिसहरू खानेपानीको ट्यांकीको छेउमा भेला भएर बसेको दृश्य अघि आयोl लाइनमा बसेर पानीका लागि कराउँदै आएकी गृहिणी पुष्पा ओराले आफू अगाडिको लाइनमा उभिए पनि पानी नदिइरहेको बताइन्। मंगलबाडी १९ लाइनको सीमानामा रहेको गोरुमारा जंगलमा मुख्यतया चिया बगानका श्रमिकहरू बस्छन्l स्थानीय निवासी सञ्जय कुजुरले शिकायतको स्वरमा भने, ‘पानीको ट्रक मालदास पाडा गइरहेको छ, कारण उनीहरू टीएमसी गर्छन्, यस क्षेत्रका केही मानिसहरू माकपालाई समर्थन गर्थे, अहिले भाजपामा छन् यसकारण हाम्रो लाइनमा पानीको ट्रक रोकिँदैनl’










