बिनय तामाङद्वारा भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गर्ने घोषणा

photocollage_2024423154348811.jpg

दार्जिलिङ: बिनय तामाङले आज एक भिडियो जारी गर्दै भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई यसपालीको लोकसभा चुनावमा समर्थन गर्ने घोषणा गरेका छन्। उनले भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गर्दै दार्जिलिङ पहाड़, तराई र डुवर्सको सुरक्षा अनि न्यायको लागि समर्थन गरेको बताएका छन्। उनले आफ्नो समर्थकहरू, परिवारहरू, साथीहरू, शुभचिन्तकहरू, आफान्तहरू सबैलाई भाजपा प्रार्थी राजु विष्टलाई समर्थन गरिदिने निवेदन गरेका छन्। बिनय तामाङले २०२४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले देशमा निश्चित रूपमा सरकार गठन गर्नेछ र २०२६ मा पनि बंगालमा हुने विधान सभा चुनावमा पनि भारतीय जनता पार्टीले सरकार बनाउने दाबी गर्दै यसपाली पहाड़ले भाजपा प्रार्थी राजु विष्टलाई जिताउन भोट दिने अपिल गरेका छन्। यस विषयमा बिनय तामाङले यो निर्णय मैले स्वतन्त्र रूपमा लिएको हुँ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement