एयरटेलद्वारा सस्तो अनि राम्रो अन्तर्राष्ट्रिय रोमिंग प्याक लञ्च

IMG-20240423-WA0138.jpg

काेलकत्ता: भारतको अग्रणी दूरसंचार सेवा प्रदायकहरूमा मध्ये एक भारती एयरटेलले विदेश यात्रा गर्ने ग्राहकहरूका लागि एउटा सस्तो अन्तर्राष्ट्रिय रोमिंग प्याक ल्याएको छ। नयाँ प्याकमा १८४ देशहरूमा सेवा समावेश छ र यसको टेरिफ प्रति दिन १३३ रुपियाँबाट शुरु हुन्छ, जसले यसलाई विदेशमा पाइने लोकल सीमको तुलनामा धेरै सस्तो बनाउँछ। यसको साथमा प्याकको साथमा असल डेटा बेनेफिट्स, इन-फ्लाइट कनेक्टिभिटी र २४x७ सम्पर्क केन्द्रको सपोर्ट उपलब्ध हुन्छ।
भारती एयरटेलको ग्राहक अनुभव र मार्केटिङ निदेशक अमित त्रिपाठीले भने, “एयरटेलमा हाम्रो लक्ष्य ग्राहकहरूका समस्याहरू समाधान गर्नु र थप सुविधा प्रदान गर्नु हो। हामीलाई सस्तो र सरल अन्तर्राष्ट्रिय रोमिंग प्याक लञ्च गर्न पाउँदा खुशी लागिरहेको छ, जसले विश्वमा कही पनि यात्रा गर्ने ग्राहकहरूलाई कुनै रोकावट बिना रोमिंग सुविधा प्रदान गर्नेछ। यस प्याकले अधिक लाभको साथ असल सेवा प्रदान गर्दछ अनि धेरै देशहरूमा प्राप्त हुने लोकल सीमको तुलनामा सस्तो पनि छ। यसैकारण नयाँ प्याक क्रान्तिकारी छ।
नयाँ सुविधाहरू: बारम्बार यात्रा गर्ने यात्रीहरूको लागि एउटा अटो रिन्यूअल सुविधा, जसले प्याकलाई बारम्बार खरीद गर्ने आवश्यता पर्नेछैन अनि ‘थ्यांक्स एप’-को माध्यमले झंझटमुक्त यात्राको सुविधा प्रदान गर्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *