मुम्बई इण्डियन्स विरुद्ध शतकको साथ जयसवालको रेकर्ड

IMG-20240423-WA0123.jpg

जयपुर: आईपीएल २०२४-मा खराब फर्मसँग जुझिरहेका राजस्थान रोयल्सका ओपनिंग ब्याटर यशस्वी जयसवालले अन्तमा गएर फर्म हासिल गरे। उनले सोमवार राति मुम्बई इण्डियन्स विरुद्ध म्याचमा अविजित १०४ रन बनाए, जसले गर्दा उनको टीम राजस्थान रोयल्सले ९ विकेटले सजिलै जीत हासिल गऱ्यो। आईपीएलमा जयसवालको यो दोस्रो शतक हो। यसको साथै उनी २३ सालको उमेरमा आईपीएलमा २ वटा शतक बनाउने पहिलो खेलाड़ी बने। उनले सोमवार २१ वर्ष र १२३ दिनको उमेरमा शतक बनाए। जयसवालले आफ्नो पहिलो आईपीएल शतक पनि मुम्बई इण्डियन्स विरुद्ध नै बनाएका थिए। उनले गत सीजनमा वानखेड़े स्टेडियममा १२४ रन बनाएका थिए। अहिले जयसवालभन्दा अघि केवल केएल राहुल रहेका छन्, जसले आईपीएलमा ४ वटा शतक बनाइसकेका छन्। यसमा तीनवटा शतक मुम्बई इण्डियन्स विरुद्ध रहेको छ। एउटा प्रतिद्वन्द्वी विरुद्ध सर्वाधिक शतकको कुरा गर्दा क्रिस गेलले पञ्जाब, विराट कोहलीले गुजरात टाइटन्स, डेविड वार्नरले कलकत्ता नाइट राइडर्स, जोस बटलरले कलकत्ता र बटलरले नै आरसीबी विरुद्ध २-२ वटा शतक बनाएका छन्।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले खराब शुरुवातपछि २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनायो। फर्ममा रहने रोहित शर्मा (६) र ईशान किशन (शून्य)-को साथमा सूर्यकुमार यादव (१०)-लाई केवल २० रनमा गुमाएपछि तिलक वर्माले अर्द्धशतकीय ईनिंग्सको साथ मुम्बईलाई सम्हाले। उनले ४५ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ सर्वाधिक ६५ रन बनाए। यसबाहेक नेहाल वाधेराले दबाउबाट बाँच्न आक्रामक ब्याटिंग गर्दै ४ वटा छक्का र ३ वटा चौकाको साथ २४ बलमा ४९ रन बनाए। मोहम्मद नबीले २३ रनको योगदान दिए। तिलक र वाधेराले पाँचौं विकेटको निम्ति ९९ रनको पार्टनरशीप गरे। राजस्थानका बलरहरूमा सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए। यसबाहेक ट्रेण्ट बोल्टले २ वटा सफलता हासिल गरे। त्यसपछि राजस्थान रोयल्सले ओपनर जयसवालको शतकको सहायताले १८.४ ओभरमा केवल एक विकेट गुमाएर १८३ रन बनाएर म्याच जित्यो। जयसवालले ६० बल खेलेर ७ वटा छक्का र ९ वटा चौकाको साथ अविजित १०४ रन बनाए। उनले जोस बटलर (३५ रन)-सँग पहिलो विकेटको निम्ति ४८ बलमा ७६ रनको पार्टनरशीप गरे। त्यसपछि जयसवालले कप्तान सञ्जु सेमसन (अविजित ३८)-सँग दोस्रो विकेटको निम्ति १०९ रनको अटूट पार्टनरशीप गरी रोयल्सलाई सजिलै जीत दिलाए। सेमसनले २ वटा चौका र २ वटा छक्का लगाए। रोयल्सका पेस बलर सन्दीप शर्मालाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *