बलरहरूका हितलाई ध्यानमा राखेर बाउण्ड्रीको आकार बढ़ाउने गावस्करको माग

IMG-20240422-WA0219.jpg

नयाँ दिल्ली: आईपीएल-को जारी सीजनमा ब्याटरहरूका चाँदी कटाई रहेको छ। टुर्नामेण्ट अहिले आधा चरणमा पनि पुगेका छैन अनि ३५ वटा म्याचमा १५ पल्ट टीमहरूले २०० या त्यसभन्दा अधिकको स्कोर बनाइसकेको छ। यस विषयमा पूर्व भारतीय क्रिकेटर सुनिल गावस्करले पनि टिप्पणी गरेका छन्। प्रत्येक आयोजन स्थलमा बाउण्ड्रीको आकार बढ़ाउनु पर्ने बताउँदै गावस्करले भने, म क्रिकेटको ब्याटमा कुनै बद्लाउको सुझाउ दिन चाहदिनँ कारण यो सबै नियमहरूअन्तर्गत छ तर म लामो समयदेखि हरेक मैदानमा बाउण्ड्रीको आकार बढ़ाउने प्रस्ताव दिँदै आइरहेको छु। उदाहरणको निम्ति आज यस म्याचको (केकेआर बनाम आरसीबी) मैदानलाई नै लिन सकिन्छ। यसमा बाउण्ड्रीलाई केही मीटर पछि लैजान पर्याप्त जग्गा रहेको छ। यसले गर्दा क्याच र छक्काबीच अन्तर सृष्टि गर्छ। तपाईंले एलईडी या विज्ञापन बोर्डलाई पछि सार्न सक्नु हुन्छ। यस्तो गरे बाउण्ड्रीको डोरी २-३ मीटरसम्म पछि लैजान सकिनेछ। यस्तो गरे अवश्यै फरक पर्नेछ। बलरहरूका हितलाई ध्यानमा राखेर यस्तो गर्नु जरूरी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *