अम्पायरसँग बहस गर्दा म्याच फीसको ५० प्रतिशत गुमाए कोहलीले

IMG-20240422-WA0215.jpg

काेलकत्ता: आईपीएल २०२४-मा कलकत्ता नाइट राइडर्स विरुद्ध म्याचको अवधि आचार संहिताको उल्लंघन गर्ने रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का स्टार ब्याटर विराट कोहलीमाथि म्याच फीसको ५० प्रतिशत जरिमाना लगाइयो। केकेआर-ले दिएको २२३ रनको विशाल लक्ष्यलाई खेदो गर्दै आरसीबीलाई कोहलीबाट असल प्रदर्शनको आशा रहेको थियो। उनले पनि पहिलो दुई ओभरमा दुईवटा छक्का पनि लगाएका थिए तर तेस्रो ओभरमा हर्षित राणाको पहिलो बलमै उनी आउट भए। हर्षितको त्यस हाई फूल टस बलमा कोहलीले शट् खेल्दा बल सीधै बलरको हातमा गयो। कोहलीले त्यसमा नो बल दिइने सोचेका थिए तर निर्णय समीक्षा प्रणाली (डीआरएस)-मा त्यसलाई सही बल घोषित गरियो। वास्तवमा कोहली क्रीजदेखि सामान्य बाहिर उभिएका थिए। यसैकारण तेस्रो अम्पायर माइकल गफले त्यसलाई वैध बल घोषित गरे। तेस्रो अम्पायरको फसेला घोषणा हुनको साथै कोहलीलाई निराश देखियो अनि पभेलियन फर्किन अघि मैदानी अम्पायरसँग बहस गरे। कोहलीको यस्तो रूप देखेर कमेण्टेटरहरूका साथमा दर्शकहरू पनि चकित बने। म्याचमा १ रनले पराजित भएर आरसीबी को प्लेअफ्-मा स्थान बनाउने सम्भावना पनि लगभग समाप्त भयो। आरसीबी-ले अहिलेसम्म ८ वटा म्याच खेलेर ७ वटा हारेको छ अनि दशवटा टीमको टेबलमा फेदमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *