गान्तोक: राज्यका अन्य पार्टीहरूले जस्तै सिक्किम प्रदेश भाजपा-ले पनि हालै सम्पन्न १८औं लोकसभा र ११औं राज्य विधानसभा चुनाउलाई लिएर आज एउटा समीक्षा बैठक गरेको थियो। बैठकमा प्रदेश भाजपा अध्यक्ष डीआर थापा साथै वरिष्ट नेता एनके सुब्बा, लोकसभा उम्मेद्वार डीसी नेपाल, सबै विधानसभा उम्मेद्वार साथै अन्यको उपस्थिति रहेको थियो।
बैठकमा गत लोकसभा र विधानसभा चुनाउका उम्मेद्वारहरूले आ-आफ्नो अनुभव साझा गरे। यसको साथै सबैले आगामी दिनमा राज्यमा भारतीय जनता पार्टीलाई साङ्गठनिक रुपमा अझ बलियो बनाउने दिशामा काम गर्ने प्रतिवद्धता पनि जाहेर गरे।
बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले चुनाउ अवधि पार्टी र सिक्किम राज्य प्रति पार्टी कार्यकर्ताहरूको समर्पण र प्रतिवद्धताको सराहना गर्दै आगामी दिनमा पनि यसरी नै सहकार्य गर्ने अपील गरे।