गान्तोक: उपचार पछि घर फर्किएका पार्टीका वरिष्ट नेता तथा सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईलाई भेट्न सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ आज उनको नाम्ची जिल्लास्थि बेरिङस्थि आवासमा पुगेका थिए। भेटवार्ताको क्रममा उनले राईको स्वास्थ्य बारे जानकारी लिए।
उल्लेखनीय छ, केही व्यक्तिहरूले वयोवृद्ध नेता केएन राईमाथि प्राणघातक आक्रमण गरेका थिए। निक्कै गम्भीर अवस्थामा राईलाई गहन उपचारको मिम्ति नयाँ दिल्ली लगिएको थियो भने उपचार पछि गत चुनाउको ठीक अघि उनी घर फर्किएका छन्।

पवन चामलिङले केएन राई एसडीएफ पार्टीको मात्र नभएर सिक्किमकै वरिष्ट अनि सम्मानित नेता हुन् भन्दै सुस्वास्थ्य र दीर्धायुको कामना गरेका छन्।