चम्फई(मिजोरम): ४२.७ लाखको हेरोइनसहित म्यान्मारकी एक महिला पक्राउ परेकी छन्। एक आधिकारिक विज्ञप्ति अनुसार ती महिलालाई पूर्वी मिजोरमको चम्फई जिल्लाको जोखावथर गाउँबाट पक्राउ गरिएको हो। बिशेषड सूचनामा कार्य गर्दै, मिजोरम पुलिसको साथमा अर्धसैनिक बलले जोखावथरमा संयुक्त अपरेशन शुरू गर्यो। टोलीले कारबाहीका क्रममा उक्त अभियुक्तकोबाट ६१ ग्राम हेरोइन बरामद गरे। पूरै हेरोइनको खेप र अभियुक्तलाई प्रदेश प्रहरीको जोखावथररमा बुझाइएको विज्ञप्तिमा उल्लेख छ।थप अनुसन्धान गर्दा उक्त खेपको मूल्य ४२.७ लाख रुपैयाँ रहेको खुलेको छ। बरामद हेरोइनको उत्पत्ति र गन्तव्यबारे अनुसन्धान थालिएको छ।