सिलगढी: सिलगढीको पूर्वी बाइपासमा रहेको बुराबुरी मन्दिरको छेउमा रहेको एक मोबाइल फोन पसलमा भएको चोरीले इलाकामा हलचल मच्चाएको छ। चोरहरूले पसलको शटर तोडेर २५ देखि ३० लाख रुपियाँ बराबरको फोन चोरेर लगेका छन्। हरेक दिन झैँ आइतबार राति पसल सञ्चालक र कर्मचारी पसल बन्द गरेर घर गएको बताइएको छ। आज बिहान पसल मालिकले आफ्नो पसलको शटर फुटेको स्थानीय व्यापारीबाट थाहा पाए। घटनाको खबर पाएलगत्तै उनीहरु घटनास्थल पुगेका थिए। त्यसपछि आशीघर थानाका पुलिसलाई यसबारेमा खबर गरिएको थियो। खबर पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ। घटनापछि उक्त क्षेत्रका व्यवसायी आतंकित भएका छन्।