राखी सावन्तको अग्रिम जमानत याचिका खारेज

1500x900_1171642-rakhi-sawant1.jpg

नयाँ दिल्ली: सुप्रीम कोर्टले फिल्म अभिनेत्री राखी सावन्तको अग्रिम जमानत याचिकालाई खारेज गरिदिएको छ। सुप्रीम कोर्टले राखी सावन्तलाई ट्रायल कोर्टमा चार सप्ताहभित्रमा समर्पण गर्ने आदेश दिएको छ।मामिला पूर्व पति आदिल दुर्रानीको अश्लील भीडियो लीक गरेकोसित सम्बन्धित छ। यसपूर्व बम्बे हाई कोर्टले दुई पटक राखीलाई राहत दिन अस्वीकार गरिसकेको छ। बाम्बे हाई कोर्टको फसेलालाई राखी सावन्तले सुप्रीम कोर्टमा चुनौती दिएकी थिइन्।आदिल दुर्रानीको सिकायतको आधारम अम्बोली थानामा आईटी एक्ट अन्तर्गत एफआईआर दर्ता गरिएको थियो दुर्रानीले राखी सावन्तमाथि उनलाई बदनाम गर्नको लागि केही अनलाइन मञ्चहरूमा उनी दुवैको निजी भीडियोलाई पोस्ट गरेको आरोप लगाएका छन्। राखी सावन्तले भनेकी थिइन्, यो एफआईआर कानूनी प्रक्रियाको दुरूपयोग हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement