हंगकंग सरकारले पनि लगाए भारतको प्रसिद्ध ब्राण्ड्स एमडीएस तथा एभरेस्टका मसलामाथि प्रतिबन्ध

66260d71c4e7f-hong-kong-regulations-prohibit-the-sale-of-food-containing-pesticide-residues-exceeding-safe-limits-221040536-16x9.jpg

नयाँ दिल्ली: सिंगापुरपछि हंगकंग सरकारले पनि भारतको प्रसिद्ध मसाला ब्राण्ड्स एमडीएस प्राइभेट लिमिटेड तथा एभरेस्ट फुड प्रोडक्ट्स प्राइभेट लिमिटेडका चारवटा उत्पादहरूमाथि प्रतिबन्ध लगाएको छ।यद्यपि यी दुई कम्पनीको पक्षबाट कुनै प्रकारको प्रतिक्रिया आएको छैन।
हंगकंग विशेष प्रशासनिक क्षेत्र सरकारको खाद्य सुरक्षा केन्द्रद्वारा जारी बयानमा भनिएको छ, जाँचमा यी दुई मसालामा कीटनाशक पाइएको छ जुन स्वास्थ्यको लागि हानिकारक हो। यसको जाँच रिपोर्ट आएपछि हंगकंगको सरकारले यी मसालाहरूको बिक्रीमाथि रोक लगाइदिएको छ। बयानमा भनिएको छ, जाँचमा एमडीएच समूहका मद्रास करी पाउडर, साम्भार मसाला पाउडर र करी पाउडरमा एथिलीन अक्साइड पाइएको थियो।यसपूर्व सिंगापुरले गत हप्ता एभरेस्टविरूद्ध यस्तै प्रकारको कारबाही गरिएको थियो जसमा एथिलीन अक्साइडको मात्रा मापदण्डभन्दा अधिक भएको आरोप लगाइएको थियो। यसपूर्व २०२३ मा अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)-ले साल्मोनेलाको उपस्थितिमा एभरेस्टका उत्पादहरूलाई हटाउने आदेश दिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *