भाजपा, जेल प्रशासन र ईडीले निरन्तर झूट बोलिरहेका छन्: आतिशी मार्लेना

17031-PTI03_17_2024_000035B-1024x683.jpg

नयाँ दिल्ली: आप सरकारका मन्त्री आतिशी मार्लेनाले मुख्यमन्त्रीलाई इन्सुलिनको इन्जेक्शन नदिइएको सन्दर्भमा फेरि एकपटक भनिन्, उनीविरूद्ध भाजपा, जेल प्रशासन अनि ईडीले षड़यन्त्र गरिरहेका छन्। दुई दिनअगघिसम्म तिहाड़ जेल प्रशासनले मुख्यमन्त्री अरविन्द केजरीवालको डायबिटीज एक्सपर्टबाट चेकअप गराएको थिएन।

उनले भनिन्, जेल प्रशासनले एकजना डायटिशियनको रिपोर्ट अनुसार काम गरिरहेको छ। भर्खरै मात्र तिहाड़ जेल प्रशासनले एम्सलाई डायबिटीज एक्सपर्ट उपलब्ध गराउने माग गरेको छ। यसको अर्थ हुन्छ कि दिल्लीको अदालतमा ईडीले झूटो बोलेको छ। अदालत र देशलाई भ्रमित गरिएको छ।

उनले भाजपा, जेल प्रशासन र ईडीलाई लक्षित गर्दै भनिन्, यिनीहरूले निरन्तर झूट बोलिरहेका छन्। यसपूर्व आतिशीले ठूलो दाबी गरेकी थिइन्, अरविन्द केजरीवालसित तिहाड़ जेलमा ठूलो षड़यन्त्र गरिँदैछ। यसलाई लिएर उनले प्रेस कन्फ्रेन्स सेत गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *