खरसाङका व्यापारीहरूलाई लिएर भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20240422-WA0192.jpg

खरसाङ अहिले पहाड़को एपिक सेन्टर नै बनेको छ: अनित थापा

खरसाङ: खरसाङ हाम्रो ताकत जस्तो भएको छ। खरसाङ अहिले पहाड़को एपिक सेन्टर नै बनेको छ। यसलाई निरन्तरता दिनुपर्छ। खरसाङले अहिले पर्यटनमा धेरै उन्नति गरेको छ। अहिले खरसाङ विस्तृत रूपमा प्रमोट भएर गईरहेको छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले बताएका छन्। उनले आज खरसाङ बजार क्षेत्रमा रहेका व्यापारी संगठनका प्रतिनिधिहरूलाई लिएर चुनावी सभा गरेका छन्। उक्त चुनावी सभालाई सम्बोधन गर्दै अनित थापाले उक्त कुरा बताएका छन्। भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले व्यापारीहरूलाई सम्बोधन गर्दै भने, व्यापारीहरूले मलाई शुरुदेखि नै साथ दिन्दै आएका छन् तर एक प्रकारले डर पनि थियो। तर चुनावमा हार्दा हार्दा जीटीए चुनावमा हामीले बहुमत प्राप्त गरेका थियौं र जनताको लागि काम गर्ने मौका पायौं। तेतिबेला खरसाङको हरेक ठाउँमा जितेका थियौं। अहिले खरसाङमा पानीको काम भईरहेको छ, आईटी हब निर्माण भईरहेको छ, खरसाङ क्षेत्रका बाटोहरू राम्रो भएर गएको छ, अब खरसाङ अस्पतालको कार्य सकेर कार पार्किङको काम शुरु गर्नेछौं जसले गर्दा खरसाङका व्यापारीहरूलाई पनि सुविधा हुनेछ।’
अनित थापाले अघि भने, पहिला खरसाङमा पर्यटकहरू बस्ने ठाउँ थिएन तर अहिले खरसाङ क्षेत्रमा तीनवटा थ्री स्टार होटलहरू बनिएको छ। खरसाङ शहर मधेशबाट आउने पहिलो पहाड़ी क्षेत्र हो। यहाँ पर्यटन व्यवसाय अझ फस्टाएर जाने सम्भावना प्रशस्त रहेको छ। खरसाङलाई विकसित पारेर लानलाई राज्यसित मिलेर काम गर्नुपर्छ। राज्यभित्र बसेर राज्यसित नै मिलेर काम गर्दा धेरै राम्रो हुन्छ। तर केन्द्र सरकार पनि चाहिन्छ। राज्यको भोट किन हाल्नुपर्छ भन्दा पहाड़लाई राज्यको आशीर्वाद चाहिन्छ। नेता मन नपरे पनि खरसाङको उन्नतिको लागि साथै खरसाङलाई मन पराई दिनु हवस्।”
अनित थापाले खरसाङका व्यापारीहरूलाई सम्बोधन गर्दै भने, ‘तपाईहरूको भोट बहुमूल्य छ। खरसाङमा व्यापारको लागि पनि बहुमूल्य छ। अहिले खरसाङमा व्यापार गर्न शान्ति छ, कसैले डिस्टर्ब गरेको छैन। एउटा परिवेश र संस्कृति बनेको छ व्यापारको लागि। यो भोट खरसाङलाई माया गर्ने भोट हो। यो भोट अनित थापालाई जिताउने होइन। यो भोट गोपाल लामालाई जिताउने होइन तर खरसाङलाई माया गर्ने र विकास गर्नलाई भोट हो। यस विषयमा एकजनाले गएर दुईजनालाई सम्झाउनु हवस्।’

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले चुनावी अागामी लोकसभा चुनावलाई ध्यानमा राखेर भागोप्रमो खरसाङ महकुमा समितिको आयोजनामा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा चुनावी सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईलीले सञ्चालन गरेका थिए भने सभालाई व्यापारीहरूका पक्षमा पावन अग्रवाल र राकेश प्रसादले सम्बोधन गरेका थिए। सभालाई तृणमूल नेत्री एंव पूर्व राज्य सभा सांसद शान्ता छेत्रीले आफ्नो सम्बोधनमा भाजपाले गोर्खाहरूको लागि केही नगरेको र केवल ढाँटको राजनीति गरेको आरोप लगाएका छन्। उनले व्यापारीहरूलाई सम्बोधन गर्दै भाजपाले हरेक चीजबीजको मूल्य धेरै बेसी बढ़ाएकोले व्यापारीहरूले गोपाल लामालाई जिताउन आह्वान् गरेकी छन्। सभामा भागोप्रमोको नेतृत्वहरू साथै खरसाङको व्यापारीहरू सबै उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *