तस्करबाट बरामद करोडौंको हेरोइन जलाइयो

8c487c85-5936-4943-a61c-02ab1478fd02-1024x576.jpg

फुलबारी: फुलबारीको पुतिमारीस्थित ग्रीनजेन बायो प्लान्टमा विभिन्न समयमा बरामद भएको २५ करोड रुपियाँ बराबरको हेरोइन जलाएर नष्ट गरिएको छ। उक्त हेरोइन आज जिल्ला अधिकारी र एनजेपी जीआरपीको निगरानीमा नष्ट गरिएको बताइएको छ। मजिस्ट्रेट देवदुलाल पात्राले २०७२-२२ सालमा एनजेपी जीआरपीले अपरेशन गरी ठूलो परिमाणमा हेरोइन बरामद गरेको बताए । ती अवैध हेरोइन आज नष्ट गरिएको छ। यस क्रममा एनजेपी जीआरपीका आईसी प्रेमासिस चट्टराज, डीएसपी जीआरपी विनोद क्षेत्री, एसओजी ओसी एके गांगुली र अन्य अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement