सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर २५, पीएनटी रोडमा एक बेवारिसे झोला भेटिएको खबरले आतंक मच्चाएको छ। यो खबर स्थानीयवासीमा फैलिएपछि इलाकामा त्रासको माहौल देखिन थालेपछि झोला पुलिस प्रशासनको निगरानीमा रहेको छ। केही समयपछि बम डिस्पोजल टोली आएर यो झोलाको जाँच गर्छ, त्यसपछि यो झोलाभित्र के छ भन्ने थाहा हुन्छ।










