एसएससी उच्च अदालतको निर्णय विरुद्ध सर्वोच्च अदालतमा जाने

Kolkata-High-Court-3

कोलकाता: पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (एसएससी) भ्रष्टाचार मुद्दामा एसएससी कोलकता उच्च अदालतको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा जाने तयारी रहेको छ। एसएससीका अध्यक्ष सिद्धार्थ मजुमदारले उच्च अदालतको फैसलाबाट आफू सन्तुष्ट नभएको बताए। उनले भने, ‘धेरैले काम गरिरहेका थिए। सबै नियुक्ति रद्द गरिएको छ। हामी सर्वोच्च अदालत जाँदैछौं।‘ कोलकाता उच्च अदालतले आज एसएससी भर्ती घोटाला मामिलामा २०१६ भर्ती प्यानललाई खारेज गर्ने घोषणा गरेको छ। आदेशअनुसार सन् २०१६ मा एसएससीका २५ हजार ७५३ नोकरी खारेज भएका छन्। गैरकानूनी वा भ्रष्ट रुपमा काम पाउनेहरुले अबको ४ हप्ताभित्र सबै पैसा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्नेछ। यो निर्णयपछि एसएससीका अध्यक्ष सिद्धार्थ मजुमदारले पत्रकार सम्मेलन गरेका हुन्। उनले भने, ‘पाँच हजार जनामाथि अवैधरुपमा नौकरी पाएको आरोप छ, तर २४ हजार जनाको नौकरी किन रद्द गरियो?अहिले जुन फैसला आएको छ त्यो निक्कै कठिन लागिरहेको छ। हामी सर्वोच्च अदालत जानुपर्छ।’

सिद्धार्थ मजुमदारले भने, ‘कुल २४ हजार जनाले नियुक्ति पत्र पाए, यो संख्या बढी वा कम हुनसक्छ, लामो अनुसन्धानपछि ५ हजार जनाविरुद्ध सीबीआईमा उजुरी परेको थियो, जसलाई माननीय अदालतले स्वीकार गरी खारेज गरेको थियो। ९, १०, र ग्रुप सी, ग्रुप डीमा केही नोकरीहरू रद्द गरियो। त्यसयता हामीसँग कसैको विरुद्धमा नयाँ प्रमाण छैन। यति हुँदाहुँदै पनि अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुग्दैछु।‘ उनले अझै अदालतको फैसला नपढेको बताए। निर्णयको प्रतिलिपि प्राप्त भएपछि अधिवक्तासँग परामर्श गरी सबै निर्णय गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement