नेपाल वायु सेवा निगमको न्यारो बडी जहाज मरम्मतपछि काठमाडौँ  ल्याइयो

IMG-20240422-WA0167

झापा (नेपाल): नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जानकारी दिए। मन्त्रालयमा  सोमबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जानकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मरम्मतमा रहेको जहाज काठमाडौँ आएको बताए। आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मरम्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आएको बताए। जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले सो जहाज इन्जिन मर्मतका निम्ति इजरायल पठाइएको थियो। इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किएको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज  काठमाडौँ आइपुगेको छ। जहाज चाँडो मर्मतका निम्ति पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका निम्ति एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो। जहाज मरम्मतका निम्ति चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो। पर्यटनमन्त्री तामाङले युरोपेली संघ (ईयु)ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनावद्ध काम अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए। त्यो कुरामा म अहिले पनि अडिग छु। सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रूपमा उड्न पाउनुपर्छ।‘ कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालय र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताए। नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताएका छन्। उनले सीईओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *