एकिकृत मालेले बोलाएको कार्यक्रममा रिसाए शेरबहादुर देउवा

IMG-20240422-WA0185

झापा (नेपाल): ‘मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्। मदन भण्डारीको ड्राइभर पनि मारियो। मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्‍यो तपाईंहरुले’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर दउवाले भने। नेपाल कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेले आयोजना गरेको कार्यक्रममा सोमबार सहभागी भएका देउवाले आक्रोशित हुँदै बोलेका हुन्। यस कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीसहित दलका शीर्ष नेता सहभागी थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *