बराहक्षेत्रमा भइरहेको कुम्भ मेलाका लागि  निःशुल्क बस सेवा

IMG-20240422-WA0015

झापा (नेपाल): सुनसरी जिल्ला स्थित चतराको कुम्भ मेलामा जाने भक्तजनका लागि विराटनगरबाट निःशुल्क बस सेवा दिने गरेका छन्। विराटनगरका करिम अन्सारीले निःशुल्क बस उपलब्ध गराएर भक्तजनलाई कुम्भ स्नान गर्नका लागि सहजीकरण गरेका हुन्। हिन्दू–मुस्लिम एकता र धार्मिक सहिष्णुतालाई सहयोग पुग्ने उद्देश्यले करिमले आफ्नो बसमार्फत कुम्भ स्थलसम्म  जाने भक्तजन पुरयाउने र ल्याउने काम थसुरु गरेका हुन्। उनले मेला लागेको केहि दिनदेखि यो सेवा दिइरहेका छन्। यस अगाडी मलामीका लागि विराटनगरमा निःशुल्क बस सेवा दिदैं आएका करिमले कुम्भ मेलामा जान चाहने तर केहि अवस्थाले असहज महसुश गर्ने यात्रुहरुकालागि बस सेवा संचालन गरेका हुन्।

‘नेपालमा लागेको कुम्भ मेलामा हिन्दू धर्मालम्बीहरु सहजै पुग्न सकुन् भन्ने उद्देश्य राखेको हुँ’ करिमले भने, ‘मेला लागेपछि कतिपय भक्तजनले आग्रह गरेका थिए, मैले हुन्छ भनेर निःशुल्क रुपमा बस उपलब्ध गराउँदै आएको छु।‘ विराटनगरबाट बराहक्षेत्रस्थित चतराधामसम्म बस चढेर गएर कुम्भ स्थल तथा मन्दिर दर्शन गरेपछि विराटनगरसम्म भक्तजनलाई करिमले ल्याएर दैनिक छोड्ने गरेका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *