पैदल चाल मिक्स्ड म्याराथन रेसमा प्रियंका र अक्षदीपलाई पेरिस ओलम्पिकको कोटा

IMG-20240422-WA0183.jpg

नयाँ दिल्ली: भारतीय पैदल चाल एथलीट प्रियंका गोस्वामी र अक्षदीप सिंहले अंताल्यामा जाी वर्ल्ड एथलेटिक्स पैदल चाल (वक् रेसिंग) टीम च्याम्पियनशीपमा असाधारण प्रदर्शन गर्दै पेरिस ओलम्पिकको कोटा हासिल गरे। टप्स स्कीम योजनाका एथलीट प्रियंका र अक्षदीपको जोड़ीले पैदल चाल मिक्स्ड म्याराथन रेसमा १८औं स्थानमा रहेर कोटा हासिल गऱ्यो। यस च्याम्पियनशीपमा शीर्ष २२ टीमहरूले सीधै ओलम्पिकको निम्ति क्वालीफाई गर्नेछ। प्रियंका र अक्षदीपको भारतीय जोड़ीले सर्वश्रेष्ठ निजी प्रदर्शन गर्दै ४२.१९५ किमीको दूरी ३ घण्टा ५ मिनट ३ सेकेण्डमा पूरा गरेर पेरिस ओलम्पिकको निम्ति कट हासिल गर्ने मानदण्डलाई पूरा गऱ्यो। यस रेसमा प्रतिस्पर्धा गर्ने अन्य भारतीय मुनिता प्रजापति र परमजीत सिंह ३ घण्टा ९ मिनट र ५८ सेकेण्डको समय सहित ३५औं स्थानमा रहेर ओलम्पिक कोटा हासिल गर्नदेखि चुके। मिक्स्ड टीम रिले पैदल चालमा पुरुष र महिला खेलाड़ीले वैकल्पिक रूपमा यो दूरी चय गर्नु पर्छ। पुरुष खेलाड़ीले १२.१९५ किमीको दूरी तय गर्नु पर्छ। त्यसपछि महिला खेलाड़ीले १० किमीको दूरी तय गर्नु पर्छ। त्यसपछि पुरुष र महिला खेलाड़ीले फेरि १०-१० किमी हिँड़्नु पर्छ। हरेक चरण शुरु हुन अघि २० किमी चेञ्जओभरको निम्ति हुन्छ। यस स्पर्धामा इटलीको टीमले स्वर्ण पदक जित्यो। त्यसपछि जापान र स्पेनको टीम क्रमशः दोस्रो र तेस्रो स्थानमा रह्यो। पैदल चाल वर्गमा म्याराथन मिक्स्ड रिले इभेण्टले पेरिस ओलम्पिकमा पदार्पण गर्नेछ। भारतीय एथलीटहरूका नजर पेरिस ओलम्पिकमा आफ्नो इतिहासको सर्वश्रेष्ठ प्रदर्शन गर्ने रहेको छ। भारतले टोक्यो ओलम्पिकमा एउटा स्वर्ण, दुईवटा रजत र चारवटा काँस्यसहित जम्मा ७ वटा पदक जितेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *