रिवाह बाय तनिष्कसँग आफ्नो विवाहको सपना पूरा गर्न सकिने

BENGALI-BRIDE

कोलकाता: तनिष्क, भारतको ठूलो ज्वेलरी रिटेल ब्राण्ड र टाटा परिवारको सदस्यले विवाहका गहनाहरूको एक विशेष उप-ब्राण्ड रिवाह प्रस्तुत गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। पश्चिम बंगालका आधुनिक बेहुलीहरूको विविध डिजाइन प्राथमिकताहरूलाई ध्यानमा राख्दै रिवाहले विचारपूर्वक डिजाइन गरिएका गहनाहरू प्रस्तुत गरेको छ। विज्ञप्तिमा बताइएअनुसार, रिवाह ज्वेलरी उत्सव भन्दा पर जान्छ र यसको उत्कृष्ट कारीगरी मार्फत गुणस्तर, नैतिकता, समारोहको रमझम अनि सबैका लागि खुशीको क्षण व्याख्या गर्दछ।

रिवाहको ब्राइडल ट्रुसो दायरा कुशलतापूर्वक बनाइएको छ, यो दायरा समृद्ध र कालातीत परम्परा र उत्कृष्ट शिल्प कौशलको प्रतिबिम्ब हो, यो गहनाले बेहुलीलाई मात्र होइन उनको जीवनको सबैभन्दा विशेष दिनमा उनको माया, स्नेह र अन्तिम खुशी पनि ल्याउँछ भावना दिने पर्स विज्ञप्तिमा बताएको छ। बंगाली बेहुलीका लागि विशेष गरी सिर्जना गरिएको, तनिष्क ज्वेलरीमा बाला, सखा, लोहा, पोलाका साथै आकर्षक चोकरदेखि लामो नेकवेयर सेट, सीता हार र मन्तशा सम्मका नेकवेयरहरू समावेश छन्। पश्चिम बंगालमा तनिष्कका ३२ पसलहरू छन्, यहाँका हरेक क्षेत्रका बेहुलीहरूले तनिष्कलाई सजिलै किनमेल गर्नसक्ने बताइएको छ। विज्ञप्तिका अनुसार, ‘यसले भारतमा जुनसुकै जौहरीबाट खरिद गरेको २२ क्यारेट वा सोभन्दा माथिको पुरानो सुनको १००% मूल्य समेट्छ। साथै, उपभोक्ताहरूले एक आकर्षक अफर पनि पाउँछन् जसमा उनीहरूले सुनको विवाहका गहनाहरूमा १८% निश्चित मेकिंग शुल्कको फाइदा लिन सक्छन्। यो प्रस्ताव सीमित अवधिको लागि मात्र लागू हुनेछ। तनिष्कले देशभरको आगामी आम निर्वाचनमा उपभोक्ताको सुविधाका लागि ‘पे फ्रम होम’ र ‘डोरस्टेप डेलिभरी अफ ज्वेलरी’ योजनाहरू शुरु गरेको छ। तनिष्कका यी योजनाहरूले निर्वाचनका कारण अधिकारीहरूले नगद आवागमनको कडा निगरानीको बीचमा उपभोक्ताहरूलाई सुविधाजनक किनमेल अनुभव प्रदान गर्दछ।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *