सिलगढी: भोलि (२३ अप्रेल) भाजपाका उम्मेदवार राजु बिष्टको समर्थनमा सिलगढीको हिलकार्ट रोडबाट साँझ ४ बजे विजय संकल्प पदयात्रा निकालिने भएको छ। यस पदयात्रामा पश्चिम बंगाल भाजपाका नेता सुभेन्दु अधिकारीको उपस्थिति रहने जानकारी दिँदै सिलगढी विधायक शंकर घोषले भने, ‘यो पदयात्रा भोलि दिउँसो हाश्मी चोकबाट शुरु भएर मल्लागढी पुग्नेछ। शहरवासीहरूले संकल्प पदयात्रामा केही समस्याहरू सामना गर्न सक्छन्, यसका लागि शहरवासीहरूसँग माफी चाहन्छौंl’ पदयात्रा हुँदा वैकल्पिक मार्गहरू प्रयोग गर्न उनले अनुरोध गरेका छन्।










