सिलगढी: ‘चौबीस२४ हजारमा सबै उम्मेदवार दोषी हुन सक्दैनन्, पैसा यो सरकारका नेता र सरकारका साथीहरूले लिएका छन्, त्यसैले पहिला यो सरकार बर्खास्त गर्नुपर्छ, त्यसपछि छानबिन हुनुपर्छ। म पुनरावेदन गर्छु। अदालतले पहिला यो भ्रष्ट सरकारलाई बर्खास्त गर्नुपर्छ’, दार्जीलिङ लोकसभा समष्टिका सांसद तथा यसपाली भाजपा उम्मेदवार राजु बिष्टले एसएससी भर्ती भ्रष्टाचार मुद्दामा उच्च अदालतको फैसला पछि यसरी भनेका छन्। राजु बिष्ट चुनाव प्रचार गर्न सोमबार सिलगढी अदालत आएका थिए। सोही क्रममा उनले एसएससी भर्ती भ्रष्टाचारबारे टिप्पणी गरे।









