बाँदर धपाउन राखेको बन्दुकले एक जनाको ज्यानै गयो

Death-Image-Rep-copy-2

झापा (नेपाल): पूर्वी नेपाल स्थित पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवास्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एक जनाको ज्यान गयो। आइतबार राति साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा सो बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ वर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो। घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका पुलिस कार्यालय अमरपुर र अस्थाई पुलिस चौकी पाँचथरबाट पुलिस टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला पुलिस कार्यालय पाँचथरले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *