माउन्ट एभरेस्ट आरोहणबाट नेपालमा ५० करोडभन्दा बढी राजस्व संकलन

IMG-20240422-WA0004

झापा (नेपाल): चालु वसन्तयाममा सर्वोच्च शिखर माउन्ट एभरेस्ट आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ। पर्यटन विभागका अनुसार यस यामका निम्ति माउन्ट एभरेस्ट आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको  छ। विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले माउन्ट एभरेस्ट आरोहणमा उत्साहवर्द्धकरुपमा आरोही आइरहेको बताए। उनका अनुसार माउन्ट एभरेस्ट आरोहीबाट हालसम्म राजस्व राजस्व संकलन भइरहेको छ। अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको बताए। विभागले अद्यावधिक गरेको विवरणअनुसार माउन्ट एभरेस्ट आरोहणका निम्ति ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन्। हालसम्म ५५ देशका आरोही माउन्ट एभरेस्ट आरोहणका निम्ति आएका हुन्।

निर्देशक गुरुङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा आउने अपेक्षा गरिएको बताए। अघिल्लो वर्ष हालसम्कै सर्वाधिक ४७८ आरोहीले माउन्ट एभरेस्ट आरोहण अनुमति लिएका थिए। उनीहबाट रोयल्टी रकम पनि बढ्ने विभागको अनुमान छ। गत वर्ष ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो। यस वर्ष ५६ करोड रोयल्टी उठिसकेको छ। थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताए। विभागका अनुसार, सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ। यसमध्यै माउन्ट एभरेस्टबाट सर्वाधिक रोयल्टी उठेको हो। ‘यो यामको माउन्ट एभरेस्ट आरोहण उत्साहजनक देखिएको छ, रोयल्टी रकम पनि अघिल्लो वर्षकै हाराहारी हुने विभागको अपेक्षा छ,’ निर्देशक गुरुङले भने, ‘सगरमाथा आरोहीको संख्या १९ अप्रेल) (वैशाख ७) सम्म ३५२ पुगिसकेको छ। अब तीनदेखि चार वटा अनुमति होला, त्यस हिसाबले हेर्दा चार सयभन्दा बढी आरोही पुग्ने देखिन्छ।’

विभागको विवरणमा  माउन्ट एभरेस्टपटि ल्होत्से हिमालबाट एक करोड ७२ लाख ५८ हजार नौ सय २२ र मकालु हिमालबाट एक करोड ७७ लाख ४८ हजार रोयल्टी प्राप्त भएको छ। पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा माउन्ट एभरेस्ट आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख दस्तुर लाग्छ। नेपालीले ७५ हजार तिर्नुपर्छ। विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि एक करोडसम्म खर्च गर्छन्। मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ। वसन्त ऋतु आरोहणका निम्ति उपयुक्त याम मानिन्छ। यस याममा माउन्ट एभरेस्ट आरोहण गर्न विभिन्न देशबाट सर्वाधिक सङ्ख्यामा आरोही आउँछन्। सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा पनि धेरै संख्यामा आरोही आएको बताए। वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि बाक्लो सङ्ख्यामा आरोही आइरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाएको बताउँछन्। माउन्ट एभरेस्ट, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरि, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका निम्ति आरोही हिमालतिर लागेका हुन्। यस यामको माउन्ट एभरेस्ट आरोहणका निम्ति दोस्रो शिविरसम्म बाटो खुलिसकेको विभागले जनाएको छ। माउन्ट एभरेस्टको चुचुरोसम्म बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का निम्ति माउन्ट एभरेस्ट क्षेत्रमा खटिएका हुन्। सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म माउन्ट एभरेस्ट प्रदूषण नियन्त्रण समितिले बाटो बनाएको छ। यस्तै दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *