अरेबियाले इजरायललाई खुशी पार्न कुरानका केही अंश हटाएको हुथी नेताको आरोप

Abdul_Malik_al-Houthi

इजरायल र इरानबीच जारी तनावका बीच हुथी नेताले साउदी अरेबियामाथि गम्भीर आरोप लगाएका छन्। यमनका हुथी नेता अब्दुल मलिक अल–हुथीले साउदी अरबले यहूदीहरूलाई सन्तुष्ट पार्न र इजरायललाई खुशी पार्ने प्रयास गरिरहेको भन्दै कुरानको केही अंश पनि पाठ्यक्रमबाट हटाइएको दाबी गरेका छन्। अब्दुल मलिकले साउदी इजरायलसँगको सम्बन्ध सामान्य अवस्थामा राखेर त्यहाँ व्यापार गर्न चाहेको पनि बताए। त्यसैले कुरानका केही विषयहरु पाठ्यक्रमबाट हटाइएको बताए। इरानको इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार अब्दुल मलिक अल–हुथीले यहूदीहरूलाई आक्रोशित हुनबाट जोगिन पाठ्यपुस्तकहरूबाट कुरानिक पदहरू हटाएको बताए। ‘कुरानको ती भागहरू हटाइएको छ, जुन यहूदीहरूले गरेको अपराधको बारेमा कुरा गर्दछ’, अब्दुल मलिकले भने। यसैगरी, युएईले पनि साउदीको सिको गरिरहेको पनि बताए। दुवै देश इजरायलको लागि मित्रताको भावना भएको पुस्ता निर्माण गर्न चाहन्छन्। यसका लागि पाठ्यपुस्तकहरूमा यहूदीहरूको पक्षका  कुराहरू समावेश गरिएको छ। यमनको ठूलो भूभागमा शासन गर्ने हुथी विद्रोहीहरू निकै आक्रामक छन्। हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन्। हुथी लडाकुहरूले गाजामा हमासलाई खुलेर समर्थन गरेका छन् भने  इजरायलप्रति साउदीको नरम रवैयालाई लिएर लगातार प्रश्न उठाउँदै पनि आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *