सिलगढी: शिक्षक भर्ती घोटाला मामिलामा कलकत्ता उच्च अदालतले कडा आदेश दिएको छ। पश्चिम बंगाल विद्यालय सेवा आयोग प्यानलले गरेको विद्यालय शिक्षक भर्नालाई उच्च अदालतले खारेज गरेको छ। उच्च अदालतले २०१६ को सम्पूर्ण जागिर प्यानल रद्द गरेको छ। न्यायाधीश देबांशु बसाकको इजलासले २३ हजार ७५७ जनाको जागिर खारेज गर्न आदेश दिएको हो। यो भर्तीमा ५ देखि १५ लाखसम्म घुस लिएको आरोप छ। अदालतको आदेशपछि सिलगढीकी अनामिका रोयले पनि जागिर गुमाइन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




