राजारहाट डीआरआर स्टुडियोमा आगलागी

IMG-20240422-WA0132

कोलकाता: राजारहाट डीआरआर स्टुडियोमा आज आगलागी भएको छ। चर्चित टीभी शो ‘दिदी नम्बर वन’ र ‘दादागिरी’को छायांकन डीआरआर स्टुडियोमा भएको छ। सबैभन्दा पहिला स्टुडियो भित्र रहेको मेकअप भ्यानमा आगो लागेको थियो। त्यसपछि नजिकैको अर्को भ्यानिटी भ्यानमा आगो लागेको थियो। साथै नजिकैको टिनको शेडमा पनि आगो लागेको छ। स्टुडियोका कर्मचारीहरूले स्टुडियो भित्र रहेको जलाशयबाट पानी लिएर आगो निभाउने प्रयास गरेका थिए। आगलागीबाट दुईवटा गाडी जलेर नष्ट भएको छ। खबर पाएलगत्तै राजारहाट पुलिस चौकी र दमकल घटनास्थलमा पुगेको थियो। दमकल ढिलो नआएको भन्दै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन्। उनले दमकल ढिलो आइपुगेको बताए। समयमै गाडी आइपुगेको भए आगलागीले त्यति ठूलो क्षति हुने थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement