सुभेन्दु अधिकारीले गरे कांग्रेसको तिखो आलोचना

IMG-20240422-WA0129

सिलगढी: पश्चिम बंगालभाजपाका वरिष्ठ नेता सुभेन्दु अधिकारीले आईएनडीआईए गठबन्धनमाथि कडा प्रहार गर्दै देशमा यो गठबन्धन नभएको जनताले अस्वीकार गरेको बताए। उनले भने, ‘बंगालमा आईएनडीआईए गठबन्धन छैन।‘सुभेन्दु अधिकारीले कांग्रेस नेता अधीररञ्जन चौधरीलाई पनि कांग्रेस तृणमूलको ‘बी’ टोली भन्दै कडा प्रहार गरेका छन्  उनले कांग्रेस नेता अधीररञ्जन चौधरीले संसदमा मोदी सरकारलाई पाँच वर्ष गाली मात्रै गरेको बताए। ‘उनले बरहमपुरका लागि केही गरेका छैनन्, त्यसैले यसपटक उनलाई बाहिरको बाटो देखाउने छन्’, अधिकारीले भने।

पश्चिम बंगालको बहरामपुर लोकसभा सीटलाई अधीर रञ्जन चौधरीको परम्परागत सिट मानिन्छl यहाँ यस पटक भाजपाको उम्मेदवार विजयी हुने सुभेन्दु अधिकारीले दाबी गरेका छन्। कुमारगञ्जमा चुनावी र्‍यालीमा जानुअघि बागडोग्रा विमानस्थलमा पत्रकारहरूलाई सम्बोधन गर्दै सुभेन्दु अधिकारीले भने, ‘मुख्यमन्त्री र अभिषेक ब्यानर्जीको सभामा मानिस भेला हुँदैनन्, त्यो भीड पनि पूर्णतया कृत्रिम हो।‘ नेता सुभेन्दु अधिकारी सोमबार बागडोग्रा विमानस्थलबाट सडक हुँदै कुमारगञ्ज प्रस्थान गरे। उनले सुकान्त मजुमदारसँगै त्यहाँ जनसभा गर्ने जानकारी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *