सुबास प्रधान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिको नव नियुक्त अध्यक्ष

IMG-20220806-WA0098.jpg

खरसाङ: खरसाङ नयाँ बजार स्थित टाउन सामाजिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिको बैठक बस्यो। सभाले मुख्य तीन विषय लिएर चर्चा परिचर्चा गरेर निर्णय लियो। महकुमा समितिका वर्तमान अध्यक्ष अनोस थापा सभासद निर्वाचित भएका छन्। उनलाई साङ्गठनिक भारदेखि मुक्त गराई महकुमाको नयाँ अध्यक्षको चयन आजको सभाले गऱ्यो। सभाले पूर्ण बहुमतले सुवास प्रधानलाई नयाँ महकुमा अध्यक्ष चयन गऱ्यो। प्रणाम रसाइलीले नाम प्रस्ताव राखेका थिए भने सम्पूर्ण सभाले हात उठाई समर्थन जनाए।
अध्यक्षको भार ग्रहण गरेपछि आफ्नो सम्वोधनमा सुबास प्रधानले भने, ” भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई दिगो राख्नु अनि आगामी ३०-४० वर्ष सम्म शासनमा बस्नु हो भने हामीले टीम भएर काम गर्नु पर्छ, एकलकाँटे भएर होइन।”
त्यसरी नै महकुमा समितिमा धेरै पदहरू रिक्त रहेको थियो। आजको सभाले थप प्रभारी नियुक्त गरेर महकुमा समितिको विस्तार गरेको महा सचिव प्रणाम रसाइलीले बताएका छन्। आज नियुक्त हुने प्रभारीहरु हुन् उपाध्यक्षमा रविन गोले, शंकर रावत , साङ्गठनिक सचिवमा मिलन रसाइली, गजेन्द्र प्रधान, मोहन राई, गुन्जन शर्मा, राजु सेवा, हेनरी खैबा, रविन गुरुङ अनि सुरज लामा, साङ्गठनिक सह सचिवमा पवन बस्नेत, सञ्जोक रोका, विशाल शर्मा, कोषाध्यक्षमा सुरज मणि, सञ्जय प्रधान। महकुमा समितिका महासचिव प्रणाम रसाइली सभासद मनोनित भएका छन्।

समितिले हर्ष व्यक्त गर्दै उनलाई सम्बर्द्धना जनायो। आजको सभा प्रेमकुमार प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा १३ वटा समष्टिका प्रतिनिधिहरू, सबै भातृ संगठनका सदस्यहरु, सभासदहरु रतन थापा, कल्पना प्रधानको उपस्थिति रहेको थियो। त्यसरी नै केन्द्रीय समितिका सदस्यहरु आशा लामा मुखिया, मैया ठकुरी, उषा किरण तामाङ, प्रभा छेत्री, समीर दीप ब्लोन, अनु छेत्री, जैतून निशाको विशेष उपस्थिति रहेको थियो। सभालाई अनुप रामुदामुले सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *